back
CTIZAN AD

मन्त्री बस्यालद्वारा संसारा घरको शिलान्यास

वि.सं.२०८२ जेठ ४ आइतवार

2.4K 

shares

पर्वत । राजेन्द्र अन्जना फाउन्डेशन र ARC for Nepal सहकार्यमा निर्माण हुन लागेको संसारा घरको शिलान्यास भएको छ ।गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्यालले पर्वत जिल्लाको पैयुं गाउपालिकामा सो घरको शिलान्यास गरेका छन् ।

यसक्रममा उनले प्रदेश सरकारबाट हुन सक्ने कुनै पनि सहयोगमा पछि नपर्ने बताएका थिए । कार्यक्रममा पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बिदेशमा रगत पसिना बगाएर आर्जेको सम्पत्ति आफ्नो गाउं र समाजको लागि खास गरी अनाथ, दलित, असहाय र निमुखा बालबालिकाहरुको लागि करोडौं खर्चेर सुबिधा सम्पन्न होस्टेल बनाउनु उच्चस्तरको समाजसेवा भनेका थिए । शैक्षिक बिकास, खानपान र बसोबासको लागि हाइस्कुल लेवल सम्म नै बस्ने र समयको माग अनुसारको शैक्षिक तथा प्राबिधिक शिक्षा उपलब्ध गराउन हरेक बालबालिकाहरुलाई कम्प्युटर उपलब्ध गराउने कार्यको लागी पालिकाले सहकार्य गरेर अगाडी बढ्न चाहेको कुरा पनी बताईएको थियो ।
संस्थाका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले अहिले शुरु गर्न लागिएको सम्सारा घर बनाउने प्रोजेक्टले दुई वर्षभित्र पूर्णता पाउने लक्ष्य राखेको छ र यसको लागत लगभग १० करोड नेपाली रुपैयाँ अनुमान गरिएको बताएका थिए ।

शिलान्यास भएको सम्साराघरमा ५० जना बालबालिकाका लागि सुरक्षित र स्वच्छ आवास, छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै भवन, कम्प्युटर ल्याब, पुस्तकालय, १५० सिट क्षमताको अडिटोरियम, अन्तर्राष्ट्रिय स्वयंसेवकहरूको लागि अपार्टमेन्ट, आधारभूत प्रविधिक शिक्षा र डिजिटल साक्षरताको व्यवस्था, आवश्यकता अनुसार हरेक बालबालिकालाई कम्प्युटर उपलब्ध गराउने संरचना रहनेछ । संस्थाका अनुसार संस्थाले आत्मनिर्भरताको लागी भवन निर्माणको कार्य सम्पन्न भएपछि आवश्यक जग्गा उपलब्ध हुन सकेमा भैंसी, बाख्रा, कुखुरा पालन, साथै फलफूल तथा तरकारी उत्पादन गर्ने योजना बनाएको छ । बालबालिकाको पोषणमा योगदान पु¥याउने तथा स्थानिय रोजगारी सिर्जना गरि आर्थिक सशक्तिकरणमा समेत टेवा पु¥याउने लक्ष्य राखेको छ । सो काम सम्पादनका लागि स्थानीय नागरिक, वडा, पालिका, प्रदेश र संघ सरकारसँग हातेमालो गर्न संस्था तत्पर रहेको जनाईएको छ ।

बिबिध परिस्थिति र अवस्थाले उचित खानपान, वसोबास र शैक्षिक सुबिधाबाट बन्चित हुनुपरेका अनाथ, असहाय र लोपोन्मुख समुदायका बालबालिकाहरुको लागि निर्माण हुन लागेको उक्त भवन सुविधा सम्पन्न हुने राजेन्द्र अन्जना फाउन्डेशनका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

वि.सं.२०८२ जेठ ४ आइतवार १७:५२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...