back
CTIZAN AD

आज जेठ ५ गते, सोमवारको राशिफल भन्छ यी ८ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८२ जेठ ५ सोमवार

885 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। पेसा तथा व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। लक्ष्यअनुसारको उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। पेसा–व्यवसायमा पनि राम्रै लाभ उठाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम सम्पादन हुनेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ। समय लागे पनि यात्राको साइत जुर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा लिन सक्छन्, सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ।

२०८२ जेठ ५ गते, सोमवार, (१९ मे २०२५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:४३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...