back

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

वि.सं.२०८२ जेठ ५ सोमवार

318 

shares
IME Limited
NTC AD

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो ।

विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ जेठ ५ सोमवार १०:१५ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र...