back
CTIZAN AD

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

वि.सं.२०८२ जेठ ५ सोमवार

1.9K 

shares

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड ६१ लाख मूल्य बराबरको कृषि आँैजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताए ।

उनका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको थियो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको थियो । बरामद अवैध सामान र कन्टेनरलाई आज आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि पछिल्ला दिन निगरानी बढाएको छ ।

वि.सं.२०८२ जेठ ५ सोमवार ११:०९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...