back
CTIZAN AD

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

वि.सं.२०८२ जेठ ५ सोमवार

1.6K 

shares

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६ हप्ते कृषक पाठशाला समापन तथा कृषक दिवस सम्पन्न भएको छ । फेदीखोला गाउँपालिका र वाली संरक्षण प्रयोगशाला गण्डकी प्रदेशको साझेदारीमा पाठशाला सञ्चालन भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्ममा जीसी श्रेष्ठले कृषि क्षेत्रमा फेदीखोला गाउँपालिकाले गरेका न्यूनतम समर्थन मूल्य, उत्पादनमा आधारित अनुदान, कृषि एम्बुलेन्स सेवा, विभिन्न पकेट वाली कार्यक्रम देशमै नमुना रहेको बताए । उनले फोदीखोलाको असल नेतृत्व र शैलीलाई प्रशंसा गर्दै यहाँको कृषि क्षेत्रको समृद्धिका लागि निरन्तर आफ्नो साथ रहने बताए ।

कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले छर्ने कार्यक्रम बनाउन आवस्यक नरहेको भन्दै गर्ने कार्यक्रममा आफूहरुले जोड दिएको बताए । ‘झोले किसानले अनुदान पाउँदैन । कागज बनाएर अनुदान पाइदैन । गर्ने किसानले अनुदान पाउँछ’, उनले भने, ‘उत्पादन गरेका कृषि उपज बाटोमा फाल्नुपर्ने अवस्था छैन । बजारको जिम्मा पालिकाले लिएको छ । ढुवानीको जिम्मा पालिकाले लिएको छ । कसैले बााँझो खेत नराख्नुहोस् ।’

सुवेदीले मौरी पौष्टिक तत्वले भरिपूर्ण मानव स्वास्थ्यको अत्यन्त महत्व बोकेको आहारा भएकाले गाउँपालिका मौरीपालनको विस्तार र विकासमा लागेको बताए । उनले सानो लगानीबाट व्यवसाय गर्न सकिने भएकाले मौरीपालनतर्फ लाग्न पालिकावासीलाई अनुरोध गरे ।

सोही अववसरमा उपाध्यक्ष देऊकुमारी गुरुङ्ग, गाउँपालिका प्रवक्ता एवम वडा अध्यक्ष अविलाष गुरुङ, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल लगायतले ‘मौरी पालन सम्बन्धी सञ्चालित १६ हप्ते कृषक पाठशाला’ सम्भवत नेपालमै पहिलो पटक सञ्चालन भएको बताए ।
यस्तै गण्डकी प्रदेश सहजकर्ता सञ्जालका अध्यक्ष ऋषिराम भुषाल, वाली संरक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराका प्रमुख शालिग्राम अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पोखरा कास्कीका प्रमुख माधवप्रसाद लम्साल लगायतले समेत बोलेका थिए ।

कार्यक्रममा कृषक समुहलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कृषक समुहले अतिथिहरुलाई मायो चिनो स्वरूप आफैले उत्पादन गरेको मह उपहार दिएका थिए ।

कृषक पाठशालाका अध्यक्ष गंगाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फेदीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तथा प्राविधिक, वडा सदस्य, कृषक समुह, कृषि उपज सहकारी संस्था, आमा समुह, सुरक्षाकर्मी, लगायत कृषकको उपस्थिति थियो ।

वि.सं.२०८२ जेठ ५ सोमवार १४:२७ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...