back
CTIZAN AD

सामुदायिक विद्यालयमा निःशुल्क आवासीय सुविधा

वि.सं.२०८२ जेठ ६ मंगलवार

573 

shares
म्याग्दी । बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निःशुल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ । आर्थिक रूपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीहरूलाई विद्यालयमै खानेबस्ने सुविधा उपलब्ध गराएको हो । निःशुल्क आवासीय सुविधा भएपछि विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए ।
“एकातर्फ विद्यार्थी सङ्ख्या न्यून भएर विद्यालयको कक्षा घटुवा हुने अर्कोतर्फ विद्यालय उमेर समूहका विद्यार्थीहरू गरिबीका कारण पढ्न नपाउने समस्या देखिएपछि आन्तरिक स्रोत जुटाएर नयाँ शैक्षिकसत्रको सुरूसँगै आवासीय सुविधा दिन थालिएको हो,” उनले भने, “यसअघि जम्मा १४ जना विद्यार्थी भएकामा आवासीय सुविधा सञ्चालन गरेपछि विद्यार्थी सङ्ख्या बढेर २८ जना पुगेको छ ।”
भर्ना अभियान जारी रहेकाले अन्त्यसम्म विद्यार्थी सङ्ख्या बढ्ने प्रअ पौडेलले बताउनुभयो । चिप्लेटीका साथै छिमेकी नयाँगाउँ, गान्धे, पैँयुपाटा, डाँडाखेत, थामडाँडा, ज्यामिरेका २५ जना विद्यार्थी छात्रावासमा बस्न थालेका छन् ।
विद्यालय भवनको कक्षाकोठामा फर्निचर गरेर विद्यार्थीहरूलाई सुत्ने व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई बिहान–बेलुकीको खाना, पोसाक, झोला, शैक्षिक सामग्री, जुत्ता उपलब्ध गराइएको छ । शिक्षकहरूले दैनिक रूपमा पालो गरेर छात्रावासका विद्यार्थीको हेरचाह र रेखदेख गर्ने जिम्मेवारी लिएका छन् । निजी स्रोतका एकजना शिक्षिकालाई थप सुविधा दिएर खाना पकाउने जिम्मेवारी दिएको प्रअ पौडेलले बताए।
विद्यालयको आन्तरिक कोषबाट छात्रावासको फर्निचर, लत्ताकपडा र खाद्यान्न व्यवस्थापन गरिएको छ । छात्रावासमा बस्ने बालबालिकाहरूमध्ये अधिकांश विपन्न र दलित समुदायका छन् । “पढाइमा राम्रो भएका बालबालिकाहरू पनि अभिभावकको गरिबीका कारण भोकै विद्यालय आउने र दिवा खाजाको भरमा दिन काट्नुपर्ने दयनीय अवस्था भएपछि छात्रावास सञ्चालन गर्ने निष्कर्षमा पुगेका हौँ,” पौडलले भने, “घरको काममा अभिभावकलाई सघाउनुपर्दा गृहकार्य गर्न नपाउने र विद्यालय नै छोड्नुपर्ने अवस्था हटाउन विद्यालयमै राखेर पढाउने व्यवस्था मिलाएका छौँ ।”
चुनौतीपूर्ण भए पनि छात्रावास सञ्चालनका लागि बेनी नगरपालिका, समुदाय र दाताहरूबाट सहयोग पाएमा निरन्तरता दिन सकिने प्रअ पौडेलको भनाइ छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीको सङ्ख्या घट्दै गएपछि बेनी नगरपालिकाले कक्षा घटुवाको तयारी गरेको थियो ।

वि.सं.२०८२ जेठ ६ मंगलवार १२:३४ मा प्रकाशित

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...