back

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

वि.सं.२०८२ जेठ ९ शुक्रवार

318 

shares
IME Limited
NTC AD

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने निर्णय गरेको छ । पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार जग्गा व्यवसाय गर्ने कम्पनीहरूले प्रचलित कानुनअनुसार जग्गा खरिद गर्न पाउने तर बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरिनेछ ।

बैठकमा अव्यवस्थित बसोवास, भूमिहीन सुकुमवासी र दलित सुकुमवासीको समस्या समाधानमा केन्द्रित छलफल भएको थियो । “२०६६ सालभन्दा अगाडि खाली जग्गामा बसोबास गरिरहेकालाई लालपुर्जा वितरण गर्ने र बन, बुट्यान वा हाटबजारका रूपमा उल्लेखित जग्गामा सुकुमवासीलाई बसोबासको व्यवस्था गर्ने गरी ऐन संशोधन गरिनेछ,” घिमिरेले भने ।

प्रस्तावित विधेयकमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ संशोधन गरी हदबन्दी छुटको जग्गा बिक्री गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । “जग्गा विकास र व्यवसायलाई सहज बनाउन हदबन्दीभन्दा बढी जग्गा खरिद र बिक्रीको व्यवस्था गर्न ऐन परिमार्जन आवश्यक छ,” उनले भने । कांग्रेसले यी संशोधनमार्फत सुकुमवासीको समस्या समाधान र जग्गा व्यवसायलाई सहज बनाउने लक्ष्य राखेको छ ।

 

वि.सं.२०८२ जेठ ९ शुक्रवार १५:२६ मा प्रकाशित

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...