back
CTIZAN AD

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

वि.सं.२०८२ जेठ ९ शुक्रवार

720 

shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने निर्णय गरेको छ । पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार जग्गा व्यवसाय गर्ने कम्पनीहरूले प्रचलित कानुनअनुसार जग्गा खरिद गर्न पाउने तर बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरिनेछ ।

बैठकमा अव्यवस्थित बसोवास, भूमिहीन सुकुमवासी र दलित सुकुमवासीको समस्या समाधानमा केन्द्रित छलफल भएको थियो । “२०६६ सालभन्दा अगाडि खाली जग्गामा बसोबास गरिरहेकालाई लालपुर्जा वितरण गर्ने र बन, बुट्यान वा हाटबजारका रूपमा उल्लेखित जग्गामा सुकुमवासीलाई बसोबासको व्यवस्था गर्ने गरी ऐन संशोधन गरिनेछ,” घिमिरेले भने ।

प्रस्तावित विधेयकमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ संशोधन गरी हदबन्दी छुटको जग्गा बिक्री गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । “जग्गा विकास र व्यवसायलाई सहज बनाउन हदबन्दीभन्दा बढी जग्गा खरिद र बिक्रीको व्यवस्था गर्न ऐन परिमार्जन आवश्यक छ,” उनले भने । कांग्रेसले यी संशोधनमार्फत सुकुमवासीको समस्या समाधान र जग्गा व्यवसायलाई सहज बनाउने लक्ष्य राखेको छ ।

 

वि.सं.२०८२ जेठ ९ शुक्रवार १५:२६ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...