back
CTIZAN AD

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

वि.सं.२०८२ जेठ १० शनिवार

2.6K 

shares

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न भएको छ । बालि तथा संरक्षण प्रयोगशाला गण्डकी प्रदेशको सहकार्य र देवचुली नगर पालिका समन्वयमा १८ हप्ते आइपिएम कार्यक्रम महाराज सामुदायिक बन उपभोक्ताको सभा हलमा समपन्न भएको हो ।

बाली संरक्षण प्रयोगशाला पोखराको आयोजनामा रहेको सो अर्गानिक लहरे बालीको समापन कार्यक्रममा प्रमुख अतिथि वडा न १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती रहेका थिए भने बिशेष अतिथिमा कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत बिश्वास काफ्ले र नगेन्द्र भणडारी कृषि बिकास शाखा र प्रगतीनगर खानेपानी तथा सरसफाइ तथा सरसफाइ उपभोक्ता सस्थाका सचिव बिष्णु न्यौपानेको उपस्थित रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि रहेका वडा १० का अध्यक्ष रेप्ती कुमार घर्तीले कृषिका लागि वडामा रकम माग गर्न आए सजिलो प्रबिधिबाट गर्ने र कृषिलाई प्राथमिकता दिने बताएका थिए ।

कृषि प्रचार अधिकृत बिश्वास काफ्लेले नमुना काम गरेको भन्दै प्रशंसा गरे । देवचुली नगरपालिका कृषि शाखाका नगेन्द्र भण्डारीले माटो सुहाउँदो कृषिलाई पहिलो प्राथमिकता दिने र आगामी कार्यक्रममा आफूले समन्वय गर्ने बताएका थिए ।

कार्यक्रममा आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष श्याम कृष्ण आचार्यले गरेका थिए । आइपिएम पाठशालाका प्रशिक्षक जिन्दगी जिसिले कृषकलाई प्रागरिक मल प्रयोग गर्न प्रेरित गर्ने र कृषिलाई उच्च प्राथमिकता दिइ आत्मनिर्भर गराउनेमा आफूले सहजीकरण गर्ने बताए ।

त्यस्तै प्रगति आइपिएमका अध्यक्ष चेतनारायण आचार्यले आफूहरुले प्राङगारिक तरकारी उत्पादन गरि विसादीरहित तरकारी उत्पादन गर्नेमा जोड दिने बताए । उनले कृषकले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्ने र कृषकलाई आत्मनिर्भर बनाउन सघाउने बताए ।

सो कार्यक्रममा कृषि सम्बन्धि विभिन्न गजल, कविता र गित नाटकको प्रस्तुति रहेको थियो ।

वि.सं.२०८२ जेठ १० शनिवार ०८:५२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...