back
CTIZAN AD

लघुकथा : ठगि धन्दा

वि.सं.२०८२ जेठ १० शनिवार

3.5K 

shares

सुरेशकुमार पाण्डे, दाङ, घोराही- १८

‘छोरी मान्छे न देख्या झैँ के हेरेको ?’ सुन्दर युवितीले भनि र नमराजतिर हेर्दै खिसिक्क हाँसी ।

‘देखेको छु तर हजुर जस्तो सुन्दर देखेकै थिइन ।’ –नमराज पनि ऊ तिर हेर्दै मुस्कुरायो ।

‘होर ? भित्र आउँनुहोस् त्यसोभए’– केटीले भित्र आउँन इसारा गरी ।

नमराज लट्ठ पर्यो । ऊ सरकारी कर्मचारी हो तर यो ठाउँ उसका लागि अपरिचित नै थियो । ऊ यहाँ आएको केही महिना मात्र भएको छ ।

यो बाटो आफिसमा आवत जावत गर्दा अक्सर त्यो केटीसँग आँखा जुधेका हुन्थे । बोलचाल भने आज पहिलोपटक हुदै थियो ।

नमराज पनि के कम चञ्चल स्वभावको ठिटो थियो ।

‘हजुरको नाम केहोला ?’- ऊ त्यो केटीको नजिक गएर सोध्यो । ‘हजुर ।। मेरो नाम रिना” (ऊ भन्न न चाहाँदा पनि बल्ल बल्ल केही सोंचे झैँ गर्दै भनि ।

‘यो घरमा अरू कोही बस्दैनन् ?’– नमराजले सोध्यो ।

‘बसेका छन उपल्लो तलामा यो रूम भाडामा छ ।उनिहरू कतै गएकाछन् । ’ -रिनाले भनि ।‘हजुरले मलाई किन दिनदिनै हेर्नुहुन्छ ?’- रिनाले नमराजको हात छोप्दै भनि ।

‘हजुरको मायाँ लागेर’ -उसलेपनि रिनालाई आफुतिर तान्दै भन्यो ।

रूमको दैलो खुल्ला थियो दुबैजना भित्र पलङ्गमा बसेकै थिए अचानक दुईजना गेटभित्र पसे । उनिहरू प्रहरीको बर्दिमा थिए ।
नमलाल उनिहरूलाई देखेर डरायो ।

‘यहाँ धन्दा गराउँछौ ? यो कोहो ?’ -प्रहरीले नमराजलाई चपक्कै छोप्दै भन्यो ।

रिनालाई पनि बाहिर निसकन दिएनन्। ऊ रोएको झैँ गरि ।

‘केभयो सर ?’ -एकजना अधेड उमेरको ब्यक्तिको उतिखेरै प्रवेश भयो ।

हेर्र्नोस् हजुर आफैले हामिले त रङ्गेहात छोपेका छौँ । हामिसङ्ग सप्रमाण छ ।’-प्रहरीले मोबाइल देखाउँदै भन्यो ।
दुबैजना प्रहरीको वर्दि मै थिए ।

नमराज डरले थरथर थियो उसको सरकारी जागिर अनि घरमा परिवार, नोकरी छुट्यो भने केहोला ऊ सोंचमङ्गन भयो ।
‘गलती भयो सर यी अनाडीहरूबाट केही लिनदिन गरेर छाडौँ। ’ -अधेड ब्यक्तिले प्रहरिलाई सम्झायो ।

‘बाबु सुन त यो केटीले त पैसा कहाँबाट ल्याउँछे तिमिले नै एक लाखको बन्दोबस्त गर छिट्टै म यतै मिलाइदिन्छु । ’ (त्यो अधेड ब्यक्तिले नमराजलाई एकान्तमा लगेर भन्यो ।

नमराज असमञ्जमा पर्यो ।‘हस् म पैसाको बन्दोबस्त गर्छु । ’ – नमराजले धेरै सोँच्यो र सहमति जनायो ।

सर यो बाबुको जागिरको सवाल छ हजुरलाई एकलाख एक घन्टाभित्र मैले पुराइदिन्छु । कृपया मेरो जमानतमा यतै मिलाउँ है ।’ ( त्यो अधेड उमेरको ब्यक्तिले केटीतिर आँखा झम्काउँदै भन्यो ।

वि.सं.२०८२ जेठ १० शनिवार १०:०५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...