back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ १० शनिवार

2.2K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ

नजरले पिएको छु प्यासी नभन्नू
कहरमा परेँ म उदासी नभन्नू

नदी छन् सुकेका कतै छैन पानी
म किन्दै छु पानी विलासी नभन्नू

यहीँ जन्म मेरो अटल हुन्छ नाता
म छोरो हुँ देशी प्रवासी नभन्नू

मिचेको छ सीमा लुटेको छ बाली
लगेको छ पानी निकासी नभन्नू

हुँ प्रेमिल पुजारी नठान्नू भिकारी
हुँ साधक उपासी निरासी नभन्नू ।

बहर– मुतकारिब मुसम्मन सालिम
अर्कान–फऊलुन्,फऊलुन्,फऊलुन्,फऊलुन्
वजन–१२२–१२२–१२२–१२२
काफिया– आसी
रदिफ – नभन्नू
अभ्यास – परिश्रमी पाठशाला

 

वि.सं.२०८२ जेठ १० शनिवार ०८:०७ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...