back
CTIZAN AD

धनुषाधाममा राष्ट्रिय वाणिज्य बैंकको २९७ औं शाखाको समुद्घाटन

वि.सं.२०८२ जेठ ११ आइतवार

720 

shares

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहका बीच शाखाको संयुक्त रुपमा समुदघाट्न गरेका छन् ।

उक्त अवसरमा नगरप्रमुख वालेश्वर मण्डलले धनुषाधाम क्षेत्र पर्यटकीय र कृषि क्षेत्रसँग जोडिएकाले यस क्षेत्रमा बैंकले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताउनुभयो । रा.वा.बैंकमा सरकारको लगानी भएकाले यो जनताकै बैंक हो र नागरिकले यस बैंकसँग बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले बैंकले ७७ वटै जिल्लामा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । उनले अहिले बैंकमा भएको योग्य र दक्ष जनशक्ति नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्न सक्षम रहेको बताए । उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगर परिक्रमा समेत गरिएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्यादेबी भुजेल, धनुषाधाम नगरपालिका ३ न. वडाका अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम संगम महतले सञ्चालन गरेका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

 

वि.सं.२०८२ जेठ ११ आइतवार ११:३७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...