back
CTIZAN AD

‘ट्रयाक’ खुलेको २२ वर्षपछि सडक कालोपत्र

वि.सं.२०८२ जेठ १२ सोमवार

585 

shares

ढोरपाटन (बागलुङ) । बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो । करिब आठ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन् ।

ग्रामीण क्षेत्रलाई बजारसँज जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठानालगायतका एक दर्जन गाउँबस्तीलाई जोडेको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत काम भइरहेको छ ।

निर्माण कम्पनीले पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्रका गर्नका लागि रु दुई करोड १३ लाख १४ हजार ७२६ मा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिए । उनका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ । सडक कालोपत्रका लागि एम/एस जेभीले जिम्मा पाएको उनको भनाइ छ ।

विसं २०८१ जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको पुनले बताए । अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको उनको भनाइ छ । यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलानको काम भएको इञ्जिनियर पुन बताउँछन् । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने सम्भावना रहेको उनले बताए ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताए । नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उनको भनाइ छ । प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको भण्डारीले बताए ।

प्रवक्ता भण्डारीले भने, “यो सडकले गलकोटमा थुप्रै गाउँबस्तीलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउका घरहरु ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल पनि सहज रुपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभान्वित हुने छन् ।”रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ १२ सोमवार ११:१७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...