back
CTIZAN AD

नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल

वि.सं.२०८२ जेठ १६ शुक्रवार

513 

shares

चितवन । नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो ।

भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल र भारतका १०३ वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएको उक्त कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चिचताबीचको सम्भावना’ विषयमा डा दिनेश गौतम र प्रा डा सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए ।

सो अवसरमा प्रा डा ए एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पारेका थिए । डा विजयकुमार श्रेष्ठ र प्रा डा रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराए ।

यस्तै डा सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गरेका थिए । भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विहार पोल्ट्री किसान महासङ्घका डा पवनकुमारले विहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासबारे अनुभव सुनाए । सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो ।

पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासका बारेमा छलफल भएको प्रा डा सिंहले बताए । उनले भने,“कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ ।” भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उनको भनाइ छ ।

कार्यक्रममा पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदयसिंह बायस, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा आइपी ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०९:१६ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...