back
CTIZAN AD

पालिकाद्वारा ६४ जना दीर्घरोगीलाई मासिक रूपमा उपचार खर्च उपलब्ध

वि.सं.२०८२ जेठ १६ शुक्रवार

681 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराएको छ ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर, मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रूपमा रु पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराइएको नगर स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए । उनका अनुसार क्यान्सर भएका ३९, डायलाइसिस गराइरहेका २१, मेरुदण्ड पक्षघात भएका तीन र मिर्गाैला प्रत्यारोपण गराई रहेका एकजना गरी ६४ जनालाई उपचार खर्च उपलब्ध गराइएको हो ।

दीर्घरोग भएका बिरामीको लामो समयसम्म औषधि उपचार गर्नुपर्ने र खर्चिलो हुने हुँदा आर्थिक भार कम गर्न शून्य मौज्दातमा बैङ्कमा खाता खोलेर त्यसैमार्फत मासिक रूपमा उपचार खर्च उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टले बताए । त्रैमासिक रूपमा महिनाको अन्तिम दिन उपचार खर्च रकम बैङ्क खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण, पेन्सन प्राप्त गरिरहेका व्यक्तिलाई भने उपचार खर्च दिने गरिएको छैन । कार्यविधिअनुसार औषधि उपचार खर्च पाउनका लागि राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अनुसूची १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, अपाङ्गतासम्बन्धी रातो वा नीलो कार्डको प्रतिलिपिसहित वडा कार्यालयमा अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ । वडाको सिफारिसअनुसार दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराउने गरिएको छ ।रासस

 

वि.सं.२०८२ जेठ १६ शुक्रवार १५:०७ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...