back
CTIZAN AD

रोशनी शाही मृत्यु प्रकरण : श्रीमान भन्छन–गलत अफवाह नफैलाऔं

वि.सं.२०८२ जेठ १७ शनिवार

4K 

shares

काठमाडौं । केही दिन अघि आत्महत्या गरेकी भनिएकी रोशनी शाहीको मृत्यु प्रकरण बारे उनका श्रीमान चित्रजंग शाहीले गलत अफवाह नफैलाउन अनुरोध गरेका छन् ।

आफ्नी श्रीमतीको मृत्युको बारेमा केही संचारमाध्यमा आत्महत्या गरेको भनेर गलत अफवाह फैलाएको भन्दै उनले त्यप्रति ध्यानाकर्षण भएको समेत बताएका छन् ।

शुक्रबार उनले सामाजिक संजालमा आफ्ना भनाई राख्दै भनेका छन् ‘केही मिडिया तथा सामाजिक सञ्जालहरूले मेरी श्रीमती रोशनी शाहीको मृत्यु बारे फैलाएको अफवाहले मेरो गम्भीर ध्यानाकर्षण गराएको छ। उनको पोस्टमार्टम रिपोर्ट आएको छैन तर प्रारम्भिक रिपोर्टमा डाक्टरले आत्महत्या नभई हृदयघात हुनसक्ने बताएका छन् ।’

‘उनको मृत्यू हुदाको अबस्थाले पनि त्यहि कुरा देखाउछ । जहाँसम्म सुसाइड नोटको कुरा छ, प्रहरीले लिएको नोट २ वर्ष पहिले लेखिएको हो, त्यस्ता पुराना सुसाइड नोटहरू अरू २ वटा मसँग छन् जुन प्रहरीले लिएको छैन । कति पहिलेको सुसाइड नोट हो भन्ने कुरा कागजको र मसीको अवस्थाले पनि थाहा हुन्छ ।’ उनले भनेका छन्, १त्यसमा मिति लेखिएको छैन । यसको सत्य तथ्य छानबिन नहुदै अनुसन्धानको इथिक्स लत्याएर मिडियालाई खबर दिइ नागरिकलाइ अन्योलमा पार्ने राष्ट्रिय अनुसन्धान विभागका डीएसपी नवराज ढुंगाना र इन्स्पेक्टर मनिराम थापालाई कारबाहीको माग गर्दछु र सत्य सुचनाका लागि मसंग सम्पर्क नगरि गलत सूचना प्रवाह गरेर मृत्युमा अट्टहास गर्ने खाते मिडियाका अफबाहहरु खारेज गर्दछु ।’

वि.सं.२०८२ जेठ १७ शनिवार १२:०६ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...