back
CTIZAN AD

रुकुम पश्चिममा उत्पादित १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो

वि.सं.२०८२ जेठ १७ शनिवार

1.3K 

shares

त्रिवेणी, (रुकुमपश्चिम) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाएको छ ।
गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौँ पठाइएको हो । वडा कार्यालयको सहजीकर लसुन काठमाडौँ पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार चौर गाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन बिक्रीका लािग काठमाडौँ पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्वीन्टल चार किलो बिक्री गरेका छन् । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बि र सी) मा विभाजन गरेर बिक्री गरिएको हो ।

किसानले ‘ए’ ग्रेड लसुनलाई प्रति किलो रु १२५, ‘बि’ ग्रेडलाई रु १०५ र ‘सि’ ग्रेडलाई प्रति किलो रु ६० मा बिक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ । सो उत्पादन भएको लसुनबाट बिक्रीबाट रु डेड करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुनखेती गर्दै आएका छन् ।

वि.सं.२०८२ जेठ १७ शनिवार १५:३५ मा प्रकाशित

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...