back

बेपत्ता किशोर मृत अवस्थामा फेला

वि.सं.२०७४ जेठ २२ सोमवार

519 

shares
IME Limited
NTC AD

२२ जेठ, नवलपरासी। नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए ।

लागुऔषधसहित दुई युवा पक्राउ

नवलपरासीमा इलाका प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–८ मा यात्रुबाहक बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन रत्ननगर–१२ बस्ने वर्ष २५ का गोविन्द प्रधान र काठमाडौँ–१७ क्षेत्रपाटी बस्ने वर्ष २२ का रोहन माली रहेका छन् ।

उनीहरुलाई आइतबार नवलपरासीको त्रिवेणीबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७९४५ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरिएको हो
उनीहरुको साथबाट नाइट्रोभेट ३०० ट्याबलेट, फेनेरागन २२, डाइजापाम २२ र ३ वटा सिरिन्ज बरामद गरिएको छ ।

वि.सं.२०७४ जेठ २२ सोमवार ०४:०० मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...