Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

पृथ्वी जननीको अस्तित्व र हामी मानवको दायित्व



nipesh-dhakaमानव सभ्यताको विकास क्रमदेखी अहिलेसम्म हामी मानवजातीले पृथ्वीवाट वृहत लाभ लिईरहेका छौ । वर्तमान युगसम्म आईपुग्दा खोज र अनुसन्धानका लागी विज्ञानमा ठूलो फड्को मारिसकेका छौ । तथापी बढ्दो जनसख्या र त्यसको मागलाई परिपूर्ति गर्न चरम प्राकृतिक श्रोतको उपभोग गर्ने क्रम पनि निरन्तर बढीरहेको छ । वनफडानी, भुक्षय, अव्यवस्थित सहरीकरण, औधोगिकीकरण, ईन्धनको उत्सर्जन, कृषिमा आधुनिकीकरण, जमीनमा फेरवदल अहिलेका ज्वलन्त उदाहरणहरु हुन् । यस्ता मानविय क्रियाकलापले प्राकृतिक श्रोतको असन्तुलन बढ्दै वायुमण्डलमा कार्वनडाईअक्साईड ग्याँसको मात्रा बृद्धि भई हरितगृह ग्याँसको तापक्रममा पनि वृद्धि भएको छ । यसको नकारात्मक प्रभाव ओजन तहमा समेत परेको छ । पछिल्ला केहि शताव्दिमा पृथ्विको धरातलीय तापक्रम पनि क्रमीक रुपमा बढ्दै गएको छ । यसको असरले उर्वरशिल कृषि भूमीको क्रमिक विनाससँगै जैविक विविधता भएका जलाधार र सीमसार क्षेत्र सुख्खा बन्दै गएका छन् । त्यस्तै हिमनदि र उच्च हिमाली भागमा यसको असर प्रत्यक्ष रुपमा देखा परिसकेको छ । हिउँका भाग पग्लिएर समुन्द्रि सतहको उचाई क्रमश वृद्धि भएको छ । अन्तत जलवायु परिवर्तन जस्तो जटिल समस्या उत्पन्न भएको छ । यो समस्या अहिले विश्वको सामाजीक र राजनीतिक समस्या बनेको छ ।

क्र्रमीक रुपमा बढ्दै गएका त्यस्ता जटिल समस्याले जिवजन्तुको अस्तित्व र तिनको जिवनचक्र जोखीममा परेको छ । अधिक बर्षा, खडेरी, सुख्खा, बाढि पहिरो जस्ता प्राकृतिक विपत्तिको समस्या हरेक बर्ष बढिरहेको छ । यसरी बढ्दै गएको पर्यावरणीय असन्तुलनले जलाधार क्षेत्रको माथील्लो र तल्लो तटिय मानव समुदाय विच असमझदारी बढ्दै सीमाङकनको विषयमा द्धन्द निम्त्याएको छ । त्यति मात्र हैन जिवजन्तुको जिवनचक्रमा असर गर्दै पारिस्थितिकीय प्रणालीमा अर्थात ईकोसिस्टम पनि असन्तुलन बढाएको छ ।

अहिले नेपालका प्रमुख शहरहरुमा बढ्दै गएको मानवचाप र अव्यवस्थित वस्ति विकासले यहाँका जलाधार क्षेत्रहरुमा पनि जैविक विविधता घट्दै गएको छ । प्राकृतिक रुपले सुन्दर तालहरु पनि जलकुम्भी झारसँगै प्रदुषीत बनेका छन् । पछिल्लो दुई दशक यता योजना विहिन शहरीकरण, कृषि भुमीको नष्ट र बनफडानी जस्ता समस्याले बर्षातको पानी प्राकृतिक रुपमा जमीनले सोस्न नसक्दा बाढिको प्रकोप बढ्दै गएको छ । त्यस्तै अवैध रुपमा ईनार वोरिङबाट निकालिएको पानीले भूमीगत पानीको सतह घट्दै गएको छ । यसले जलाधार क्षेत्रहरु सुख्खा भएर पानीका श्रोतहरु सुक्दै खडेरी र धरातलीय तापक्रममा पनि वृद्धि भएको छ । यहि कारणले मानव र प्राणिको स्वास्थ्य र जिवनमा असरसँगै आम मानीसविच पानीको विषयमा असमझदारी र कलह वृद्धि पनि भएको छ । त्यस्तै नेपालका शहरका सडकहरु साईकलमैत्री बन्न सकेका छैनन् । विदेशी सवारी साधन र तिनमा प्रयोग गरिने ईन्धन पनि विदेशवाटै आयात गरिएको छ । डिजेल, पेट्रोल र ग्याँस जस्ता ईन्धनको आयातमा राज्यको ढुकुटी सकिएको छ । त्यस्तै आर्थिक उदेश्यसँग नजोडिएका हचुवा भरमा सडकको निर्माण गर्ने नाउँमा बजेट दुरुपयोग भएको छ । वायु प्रदुषण, माटोको भुक्षय, ध्वनि प्रदुषणको वृद्दि सँगै पैदल यात्रीहरुलाई सडकमा सकस अहिले नेपालका शहरका ज्वलन्त उदाहरण हुन् ।

त्यस्तै कृषिमा गरिएको चरम विषादि र रासायनिक मलको प्रयोगका कारण हामी मानवहरुको स्वास्थ्यमा मात्र हैन किराफटयारा, सरिसर्प, चराहरु, चिल गिद्धहरु सँगै कयौ सूक्ष्म प्राणीहरु पनि लोप हुदै गएका छन् । त्यस्तै प्रदुषीत पानीको कारण कतिपय लोपन्मुख जिवजन्तुहरुको अस्तित्व पनि गुम्ने खतरा बढेर गएको छ । वनजंगलमा हुने मानविय क्रियालपले वन पैदावरको विनास सँगै चराचुरङी र वन्यजन्तुको वासस्थान भत्कीएर पारिस्थिकिय प्रणाली खलबल्याई दिएको छ । अधिक पोलीथिनको प्रयोग, रासायनिक वायु प्रदुषण जस्ता समस्या पनि झन् जटिल बन्दै गएका छन् ।

प्राकृतिक श्रोत सँगसँगै अथाहा जैविक विविधता लुकेको हिमाली क्षेत्र, चुरेभावर क्षेत्रको वन पैदावार, जंगली जिवजन्तु, पशुपंक्षी, जडिवुटिहरु हाम्रो राष्टका अमुल्य सम्पति हुन । करिब ४० प्रतिशत भुभाग ओगटेको वन पैदावर जोखीममा परेको छ । बर्षेनी हजारौ हेक्टर बनजंगल डढेलोवाट नष्ट भएका छन । हजारौ जातका वनस्पतिहरु खरानी भएका छन्् । जिवजन्तु सँगै पशुपंक्षीको वास नष्ट भएको छ । विभिन्न प्रजातिका सरीसृपको अस्तित्व पनि सखाप भएका छन् । नेपालको कुल भू–भागको करिव २९ हजार बर्ग किलोमिटर क्षेत्रफलको हारहारीमा रहेका संरक्षण क्षेत्र र मध्यवर्ति क्षेत्रमा पनि वन पैदावर तथा वन्यजन्तुको चोरी र तस्करी जस्ता गतिविधि भईरहेका छन् । ति क्षेत्रमा सामाजिक सांस्कृतिक ईकोसीस्टम पनि संकटमा परेको छ ।

पृथ्वीको सृष्टि चलाउने अबोध, असहाय, निर्दोष वन्यजन्तु र बन पैदावरकोहरुको चोरी र तस्करी यथावत छ । हामी नेपालीले जवसम्म तराईको उर्वर कृषिभुमी र त्यहाँको बनजंगल विविधतासँगै हिमाल र पहाडको अतुलनिय प्राकृतिक सम्बन्धसँगै पर्यावरणीय सेवा लेनदेनको हिसावको व्यवस्थापन र मुल्याङकन गर्न सकिदैन तव सम्म देशको दिगो विकास अनिश्चिता छ ।

हाम्रो समाजमा सवै बर्गका बालबालिकाले उचित शिक्षा पाउन सकेका छैनन् । कतिपय पिछडिएका समुदायका नानीबावूहरुले त स्कुल समेत देख्न पाएका छैनन् । दुर्गम स्थानका स्कुलहरुमा पाठ्यपुस्तक पुग्न पनि महिनौ दिन लाग्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल हेर्ने हो भने अत्यन्त निराशाजनक छ । हामी देशको मौलिकता र व्यावहारिक ज्ञान भन्दा पनि सैद्धान्तिक ज्ञानलाई जोड दिईरहेका छौ । देशमा दक्ष जनशक्ति जन्माउने शिक्षाको गुणस्तर जस्तो संवेदनशिल कुरामा प्राविधिक र व्यवसायीक शिक्षा र देशको मौलिकता सम्बन्धि ध्यान दिन सकेका छैनौ । सैद्धान्तिक शिक्षालाई जोड दिईरहेका छौ । यसले देशको मौलिकता, कला र सस्कृतिको उचित संरक्षण हुन धेरै कठिनाई हुनेछ । देशको विविधता, संस्कृति, भौगोलिक स्वरुप सम्बन्धि शिक्षा साथै कृषि अनुसन्धान, पर्यटन, प्राकृतिक श्रोत सम्बन्धि शैक्षिक पाठयक्रममा समावेश गरे नयाँ पुस्ताको लागि देशका सभ्भाव्यता र पहिचान सम्बन्धि ज्ञान हुने थियो । यति धेरै प्राकृतिक श्रोतको धनी देशमा यहाँका जैविक विविधताको संरक्षण सम्बन्धि पाठ्यक्रममा समावेश गर्न सके मात्र यो देशले काँचुली नफेर्ला भन्न सकिदैन । यो समय अहिले हामी नेपालीको लागी सुनौलो अवसरको रुपमा रहेको छ ।

पृथ्वी जननीले हामी प्राणीलाई पालन पोषण गर्छिन, बाँच्ने अधिकार बरावर दिन्छिन् । न कसैको कुभलो गर्छिन न त भेदवाद नै । यीनको दोहन जति गर्यो उति दिन्छिन्, तथापी यीनको संरक्षणको लागी हामीले प्राकृतिक श्रोत, सम्पदाको न्यायोचित व्यवस्थापन गर्न सकेका छैनौ । यीनको एकोहोरो दोहनले प्राकृतिक असन्तुलन मात्र हैन यदि यहि क्रम निरन्तर चलिरहे यीनको अस्तित्वनै खतरामा पर्ने प्रवल सम्भावना देखीन्छ । यो कुराको चेतना र ज्ञान विश्वका आम मानिसहरुमा हुन जरुरी छ । विश्वका हरेक भौगोलिक स्थानमा भएका पर्यावरणीय गतिविधिको सम्बन्ध एक अर्कासँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । लाखौ प्राणीमध्ये हामी एक मानवको मात्र स्वार्थलाई हैन सम्पूर्ण चराचर जगतको सहचर्य, अस्तित्व लाई सम्मान गर्दै प्राकृतिक श्रोत्रहरुको विकास गर्नु यो २१ औ शताव्दीको आवश्कता हो ।

विश्वका भौतिक पुर्वाधार र विकास निमार्णहरु अहिलेको क्षणिक स्वार्थलाई मात्र नहेरेर भोलीका पुस्ताका लागी सोचेर मात्र तिनको सहि उपभोग र दिगो व्यवस्थापन तर्फ अगि बढ्नु पर्दछ । हामी मानव विच सहृदयाता, आत्मीयता बढाई लाखौ प्राणी तथा चराचर जगतलाई व्यवस्थापन गर्दै यो सुन्दर धर्तिलाई संरक्षित र सुरक्षित राख्नु हामी सम्पूर्ण मानव जातिको लागी पुण्य कर्म हो ।

[email protected]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका