back
CTIZAN AD

रासायनिक विषादीको विकल्प सिकाउँदै केन्द्र

वि.सं.२०८२ जेठ २७ मंगलवार

513 

shares

डुम्रे (तनहुँ) । कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसारसैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । विशेषगरी विषादीको बढदो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।

कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आइपिएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र्र्र्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हामो स्वास्थ्यमा असर पुर्याउने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए ।

उनले भने, “रासायनिक विषादीको विकल्प सिकाउनुपर्छ । तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएका छौँ । यसले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको छ । यसलाई निरन्तरता दिन अनुरोध गरेका छौँ ।” सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उनले बताए ।

यसैबीच ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका–१ कुन्छाली टोलका किसानलाई आइपिएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए । उनले भने, “आयातित उपज बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आइपिएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।”

बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताए । “सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ”, उनले भने ।

किसान आनन्द भुजेल घर्तीले भन्नुभयो, “हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि रामो भयो । हामी अत्यन्त खुसी छौँ ।” वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आइपिएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उनले बताए ।

कृषक रीता घर्तीले अञ्जानमै हामीले विषादी खाएको तालिमकै क्रममा थाहा पायौँ, जसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताए । अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेका उनले बताए । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समय समयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताए ।

कृषिले सचेतनाका कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । अधिक उत्पादन गर्ने लक्ष्यले आफैँलाई नै रोगी बनाएको अवस्थामा यस्ता सचेतनाका प्रशिक्षण उपयुक्त र प्रभावकारी रहेको छ । जसलाई तीन तहका सरकारले मध्यनजर गरी प्राथमिकता दिनुपर्ने छ । रासस

 

वि.सं.२०८२ जेठ २७ मंगलवार ०९:०९ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...