back
CTIZAN AD

विदेश पठाइदिन्छु भन्दै ठगी : अर्जुनचौपारीका लक्ष्मणसहित ४ जना पक्राउ

वि.सं.२०८२ जेठ २८ बुधवार

1.2K 

shares

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाई, काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका–४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।

पक्राउ मध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रूपैयाँ, अशोकले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र चण्डिकाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मणलाई काठमाडौं टेकुबाट र अशोकलाई काठमाडौं गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई काठमाडौं न्यूरोडबाट र चण्डिकालाई काठमाडौं गौशालाबाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वि.सं.२०८२ जेठ २८ बुधवार १५:१९ मा प्रकाशित

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

नयाँदिल्ली । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा...

होन्डाले पुराना मोडेलका गाडीका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकलब अभियान सञ्चालन गर्दै

होन्डाले पुराना मोडेलका गाडीका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकलब अभियान सञ्चालन गर्दै

काठमाडौं। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...