back
CTIZAN AD

होन्डाले पुराना मोडेलका गाडीका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकलब अभियान सञ्चालन गर्दै

वि.सं.२०८३ साउन ४ सोमवार

366 

shares

काठमाडौं। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले ग्राहक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका केही पुराना मोडेलका गाडीका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकलब अभियान सञ्चालन गरेको जनाएको छ।

कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म निर्माण भएका केही होन्डा गाडीमा प्रयोग गरिएको एसआरएस एयरब्याग इन्फ्लेटर (SRS Airbag Inflator) मा समयसँगै समस्या देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गरिएको हो।

रिकलब अभियानअन्तर्गत City, Civic, CR-V, Jazz, Insight, Stream र Accord लगायतका मोडेल प्रभावित हुन सक्ने जनाइएको छ। ग्राहकले आफ्नो गाडी यस अभियानअन्तर्गत पर्छ वा पर्दैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत वा नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार प्रभावित गाडीको एयरब्याग परीक्षण, आवश्यक मर्मत तथा एयरब्याग इन्फ्लेटर प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न प्रभावित गाडी भएका ग्राहकलाई यथाशीघ्र नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको परीक्षण गराउन कम्पनीले अनुरोध गरेको छ।

यस सम्बन्धमा थप जानकारीका लागि ग्राहकले कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बरमा फोन गर्न वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।

वि.सं.२०८३ साउन ४ सोमवार ११:१९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...