back
CTIZAN AD

पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

वि.सं.२०८३ साउन ४ सोमवार

102 

shares

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन् ।

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो । गए रातिबाट रोकिएका सवारीसाधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ ।फलाईल फोटो

वि.सं.२०८३ साउन ४ सोमवार ११:०६ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...