back
CTIZAN AD

गर्मीबाट जोगिन स्वास्थ्य सावधानी अपनाउनुहाेस् : देवचुली नगरपालिका

वि.सं.२०८२ जेठ २८ बुधवार

1K 

shares

काठमाडौँ । गर्मीबाट जोगिन स्वास्थ्य सावधानी अपनाउने देवचुली नगरपालिकाको अनुरोध गरेको छ । एक सूचना प्रकासन गर्दै केही दिन देखि देवचुली नगरपालिका लगायत तराईका जिल्लाहरुमा अत्याधिक गर्मी बढे संगै मानब स्वास्थ्यमा प्रतिकुल असरहरु देखिन थालेकाले स्वास्थ्य सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको हो ।

गर्मी मौसममा मानिस हिड्दा, काम गर्दा, खेल्दा तातो हावा र चर्को घामको असरले विभिन्न स्वास्थ्य समस्या जस्तै धेरै टाउको दुखे, वाकवाकी र बान्ता हुने,चक्कर आउने,थकाइ लाग्ने,आलस्यता र कमजोरी महसुस हुने, सास फेर्न गाह्रो हुने र बेहोस हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना धेरै बग्ने,शरीरको माम्सपेशी दुख्ने आदि समस्याहरु देखिन सक्ने हुदा सतर्कता अपनाउन अनुराध गरेको हो ।

गर्मी तथा लु लाग्नबाट जोगिन अपनाउनुपर्ने  सावधानी

प्रशस्त पानी पिउने  : दिनभर पानी तथा झोलिलो पदार्थ प्रशस्त पिउने (जस्तै सामान्य पानी, फ्रेश फलफुल जुस,लस्सी,नरिवल पानी आदि) प्रत्येक घण्टा घण्टामा १/ २ गिलास पिउने ।

हल्का र पातलो खुकुलो कपडा लगाउने : सुति तथा कटनका हल्का कपडाले शरीरमा हावा खेल्न पाउँछ र सितलता महसुस हुन्छ ।

चर्को घाम र तातो हावाबाट जोगिनुहोस : दिउसोको समयमा तातो घाममा तातो हावा चल्ने र लु लाग्न सक्ने हुँदा सके सम्म बाहिर नहिड्नुहोस् हिड्नै परे पातालो पुरा बाहुला भएको कपडा लगाई छाताको प्रयोग गर्नुहोस ।

शितल स्थानमा बस्नुहोस : सम्भव भएसम्म पंखा, कुलर वा एअर कन्डिसनर तथा बोटबिरुवाको तल शितल ठाउँमा र हावा खेल्ने ठाउँमा बस्नुहोस ।

खानपानमा ध्यान दिनुहोस : हल्का, सजिलै पच्ने र पानीको मात्रा बढी भएको खानेकुराहरु (जस्तै फलफुल, सलाद, दहि, मही) खानुहोस तर कोक, फेन्टा, प्याकेटजुस, चिया, कफी, धुम्रपान, मध्यपान सेवन नगर्नुहोस ६. शारीरिक गतिबिधि सिमित गर्नुहोस ः गर्मीको समयमा बिहान वा साझ चिसो समयमा मात्र शारीरिक व्यायाम,योगा वा अन्य शारीरिक काम गर्नुहोस ।

लु को लक्षणहरुमा सचेत रहनुहोस  : टाउको धेरै दुख्ने, वाकवाकी र बान्ता हुने,चक्कर लाग्ने,अत्याधिक पसिना आएर धेरै थकावट वा कमजोरी हुने, हातखुट्टाको माम्सपेशीहरु बाउडीने,सास फेर्न गाह्रो भएमा वा वेहोस हुने आदि लक्षणहरु लु को कारणले हुन सक्छन तेसैले त्यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य सस्थामा तुरुन्त चेकजाच गराउनुहाेस् ।

घरेलु उपाय : पसिना धेरै गएर कमजोरी भएमा जिबनजल पानी खाने जसले पसिनाबाट खेर गएको खनिज तत्व कमि हुन दिदैन ।

 

वि.सं.२०८२ जेठ २८ बुधवार १६:२७ मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

काठमाडौं । राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको...