back

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

वि.सं.२०८२ असार २ सोमवार

336 

shares
IME Limited
NTC AD

लस एन्जेलस (अमेरिका) । लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताए ।

यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ ।

डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको विरोधमा प्रदर्शनकारीहरूले जुन ६ देखि विरोध प्रदर्शन सुरु गरेका थिए ।

¥यालीहरू प्रायः शान्तिपूर्ण र डाउनटाउन लस एन्जलसको सानो क्षेत्रमा सीमित छन्, तर छिटपुट र आँखा खिच्ने हिंसाले बिगारेको छ । ¥यालीलाई रिपब्लिकन ट्रम्पले चार हजार नेसनल गार्ड र सात सय मरिन पठाउने बहानाको रूपमा प्रयोग गरेका छन् ।

स्थिति नियन्त्रणमा रहेको दाबी गर्ने स्थानीय अधिकारीहरूको विरोधका कारण यो असाधारण तैनाथी भएको हो ।

बासले तोडफोड र लुटपाटका घटनाहरू रोक्नका लागि विरोध प्रदर्शनको मुटुमा रहेको डाउनटाउन क्षेत्रमा जुन १० मा रातभर कफ्र्यू जारी गरेका थिए ।

आइतबार उनले हिंसात्मक घटनाहरूका पछाडि रहेका व्यक्तिहरूको सङ्ख्या ‘कम हुनेछ’ भन्ने आशा गरिरहेको बताए ।

“त्यसैले मलाई थाहा छ कफ्र्यू कम्तीमा केही दिनसम्म चल्नेछ”, स्थानीय समाचार च्यानल केटिएलएसँगको टेलिभिजन अन्तर्वार्तामा अझ कति दिन लाग्ने भनेर भविष्यवाणी गर्न नसक्ने उल्लेख गर्दै उनले भने, “हामीलाई थाहा छैन कति छापाहरू हुनेछन्, हामीलाई थाहा छैन छापाहरूको प्रकृति के हुनेछ र हरेक पटक त्यस्तो हुँदा यसले सहरमा धेरै रिस उत्पन्न गर्छ ।”

प्रदर्शनबाट अप्रभावित देखिनुभएका ट्रम्पले आइतबार सङ्घीय अधिकारीहरूलाई लस एन्जेलस सहित उनीहरूको निर्वासन प्रयासहरू बढाउन निर्देशन दिए ।

बासले लस एन्जलसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) एजेन्सीले छापा मारेको आक्रोश र डरको उल्लेख गरे ।

“मानिसहरू आफ्नो घर छोड्न डराउँछन् । छापाहरूले कहिलेकाहीँ ‘अन्धाधुन्ध’ लाग्छन्”, उनले भने, “यो संयुक्त राज्य अमेरिका हो । यदि तपाईँ सार्वजनिक रूपमा बाहिर जानुहुन्छ भने तपाईँले आफ्ना कागजातहरू देखाउनु पर्दैन । यो लक्षित छ भनेर विश्वास गर्न मलाई गा¥हो छ ।”

ट्रम्पले सामाजिक सञ्जालमा आइसिई एजेन्टहरूलाई ‘हिंसा, उत्पीडन र धम्कीहरू’ को सिकार भएको बताए र उनीहरूलाई सामूहिक निर्वासनलाई प्रभाव पार्न ‘आफ्नो शक्तिमा सबै गर्न’ आदेश दिए ।

शनिबार ठूला ¥याली र मार्चपछि आइतबार लस एन्जेलस प्रायः शान्त थियो । देशभरका ट्रम्प विरोधी ‘नो किङ्ग्स’ शृङ्खलाका प्रदर्शनहरूको हिस्सास्वरूप हजारौँ मानिसले छापाहरू र सैन्य दमनको निन्दा गर्न भाग लिएका थिए ।

प्रदर्शनकारीहरूको सानो समूहले घमाइलो दिउँसो कानून प्रवर्तनको निगरानीमा सिटी हलको वरिपरि मार्च गरेको थियो । प्रर्दशनमा बिकिनी लगाएका केही महिलाले ‘हट गर्ल समर मेल्ट आइसिई’ जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए । एएफपी/फाइल फाेटाे

 

वि.सं.२०८२ असार २ सोमवार १३:५९ मा प्रकाशित

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

काठमाडौं । पहिरो र लेदो पन्छाएपछि बीपी राजमार्ग सञ्चालनमा आएको...

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु...

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

काठमाडौं । पहिरो र लेदोका कारण बिपी राजमार्गका तीन स्थानमा...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ...