back
CTIZAN AD

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

वि.सं.२०८२ असार २ सोमवार

903 

shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो ।

गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले वडा नं ७ ताकममा ४७ वटा र वडा नं ५ मल्कवाङमा आठवटा मौरीघार वितरण गरिसकेको जानकारी दिए । साथै वडा नं २ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ मुदीमा थप ४५ वटा वितरणको तयारी गरेको उनको भनाइ छ ।

धवलागिरि गाउँपालिका–७ हिलापोखरीको हातेमालो कृषक समूहलाई १४ वटा र अन्य ठाउँका कृषकलाई एक/एक वटाका दरले मौरीघार वितरण गरिएको छ । ढुवानीसहित प्रतिमौरीघार रु नौ हजारका दरले खरिद भएको थियो । जसमा किसानले रु चार हजार ५०० खर्च गरेका छन् । अहिले मौरी वितरण भएकोमध्य उपयुक्त स्थान छनोट गरेर मौरीपालन पकेट क्षेत्र स्थापना गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

मौरी पकेट क्षेत्रमा आहराका लागि तोरीखेती गर्न किसानलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ । उच्च पहाडी र प्रशस्त वनजङ्गल भएकाले धवलागिरिमा मौरीपालनको सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । प्रशस्त भिरमह पाइने यहाँ व्यावसायिक रुपमा घरमौरी पालनको विकास हुन सकेको छैन ।

सार्वजनिक सूचना जारी गरेर इच्छुक कृषकहरुबाट आवेदन सङ्कलन र वडा कार्यालयको सिफारिसका आधारमा मौरीघार वितरण गरिएको हो । मौरीपालनको माध्यमबाट रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।रासस/फाइल फोटो

वि.सं.२०८२ असार २ सोमवार १३:४१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...