
काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला परेका छन् । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले बालाजुमा काठमाडौँमा सकुशल फेला पारेको हो ।
जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको हो । डाक्टर श्रेष्ठको प्रहरीले खोजी तीव्र पारेको थियो । उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको हो । उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याउँदै छ । त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताए ।
रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए । रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा.श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको बताएका थिए ।
वि.सं.२०८२ असार २ सोमवार १४:१६ मा प्रकाशित