back
CTIZAN AD

पाकिस्तानद्वारा इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने नक्कली समाचारको खण्डन

वि.सं.२०८२ असार ३ मंगलवार

564 

shares

इस्लामाबाद । पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गरे ।

उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नाममा गलत रूपमा दाबी गरेको थियो ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार सोमबार सिनेटमा बोल्दै दारले बढ्दो क्षेत्रीय तनावका सन्दर्भमा गलत सूचनाको प्रसारको निन्दा गरे र इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयमता अपनाउन आग्रह गरे ।

“पाकिस्तानले त्यस्तो कुनै बयान दिएको छैन । यो अत्यन्त गैरजिम्मेवार र बनावटी दाबी हो”, उनले भने ।

उनले ‘युद्ध कुनै मजाक होइन’ भनी चेतावनी दिनुभयो र देशको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू विशुद्ध रूपमा आत्मरक्षाका लागि भएको कुरा दोहो¥याए ।

“हाम्रो आणविक र क्षेप्यास्त्र कार्यक्रम हाम्रो आफ्नै सुरक्षाका लागि हो”, उनले सांसदहरूलाई भने, “हामीले सन् १९९८ मा हाम्रा आणविक हतियारहरू रक्षा र क्षेत्रीय शान्तिका लागि हुन् भनेर भनेका थियौँ । हामीले एनपिटी (आणविक हतियारको अप्रसार) मा हस्ताक्षर गरेका छैनौँ किनभने हाम्रो सुरक्षाका लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा श्रेय दिइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको भिडियो र पाकिस्तानको आणविक मुद्राका बारेमा गलत जानकारीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारको पनि आलोचना गरे ।

“त्यहाँ ट्रम्पका बारेमा एक भिडियो क्लिप थियो जुन पछि एआई–जेनेरेटेड भएको पत्ता लाग्यो”, उनले भने, “जुन १३ देखि धेरै नक्कली कथाहरू सतहमा आएका छन् । प्रसारण भइरहेको नेतान्याहु (इजरायली प्रधानमन्त्री) को अन्तर्वार्ता सन् २०११ को हो । यो बालबालिकाको खेल होइन — यो गम्भीर युद्ध हो । हामीले सावधानीका साथ काम गर्नुपर्छ ।”

पाकिस्तानले रचनात्मक कूटनीतिक भूमिका खेलेको पनि उनले स्पष्ट पारे । “हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिवेशनमा सहभागिता जनायौँ । इरानले पाकिस्तानको भूमिकाको प्रशंसा गरेको छ”, दारले भने, “ओमान र इरानका विदेशमन्त्रीहरूले मलाई जानकारी गराउनुभयो । वार्ताका क्रममा इरानका विदेशमन्त्री निरन्तर सम्पर्कमा रहनुभयो ।”

यदि इजरायल थप आक्रमणबाट टाढा रह्यो भने इरान वार्ताका लागि खुला रहेको दारले खुलासा गरे । “पहिलो आक्रमणपछि मैले इरानका विदेशमन्त्रीसँग कुरा गरेँ । उहाँले भन्नुभयो कि उहाँहरूले जवाफ दिनुहुनेछ तर इजरायलले फेरि जवाफ नदिएमा वार्ताका लागि तयार हुनुहुन्छ । हामीले यो इच्छा अन्य राष्ट्रहरूलाई सूचित ग¥यौँ । इजरायललाई रोक्न अझै समय छ–इरान तयार छ”, उनले भने ।रासस

वि.सं.२०८२ असार ३ मंगलवार १४:०४ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...