back
CTIZAN AD

कारागारमा कैदीबन्दीको मृत्यु : डडेलधुरा बजार बन्द

वि.सं.२०८२ असार ४ बुधवार

771 

shares

काठमाडौँ । कैलाली कारागारमा थुनामा रहेका डडेलधुराका कैदीको मृत्यु भएको छ । कैदीको मृत्युभएपछि डडेलधुरा बजारमा आन्दोलन सुरु भएको छ ।

मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहित आन्दोलन सुरु भएको हो । बैंकिङ कसुरमा कैद सजाय भोगिरहेका २८ वर्षीय हरिश सिंह पालीको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

असार २ गते पाली बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए ।

मृतकको शव अहिले अस्पतालकै शव गृहमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता, पालीको मृत्युप्रति असन्तुष्टि जनाउँदै डडेलधुरा बजारमा बिहानैदेखि यातायात, व्यापार र अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।

वि.सं.२०८२ असार ४ बुधवार ११:१९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...