back
CTIZAN AD

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

वि.सं.२०८२ असार ४ बुधवार

1.7K 

shares

काठमाडौँ । लक्ष्मी सनराईज बैंकले समयमै कर्जा नतिर्ने ५० जना ऋणीहरूको नामावली सार्वजानिक गरेको छ । आफ्नो ग्राहकाको सेवा सुविधालाई मध्येनजर गर्दै बैंकले ‘फोनलोन’ सुविधा ल्याएको हो तर पछिल्लो समय ऋणीहरूलाई पटक पटक कर्ज तिर्ने ताकेता गर्दा पनि ऋणीहरु सम्पर्कमा नआउने र कर्जा चुक्ता गर्न अटेरी गरेपछि बैंकले उनीहरुको तीन पुस्ते विवरणसहितको सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले सार्वजनिक गरेको सूचीमा ऋणीको नाम, नागरिकता नम्बर, स्थायी र अस्थायी ठेगानाका साथै उनीहरूका बाबु र बाजेको नाम (तीन पुस्ते) समेत उल्लेख गरेको छ ।

प्रकाशित सूचना अनुसार बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गर्नका लागि ३५ दिनको अन्तिम म्याद दिएको छ । तोकिएको ३५ दिनको समयभित्र पनि ऋणीहरूले सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता नगरेमा प्रचलित कानुनबमोजिम कर्जा असुलीको प्रक्रिया अगाडि बढाउने बैंकले चेतावनी दिएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उनीहरूको नाम कालोसूचीमा समावेशका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

वि.सं.२०८२ असार ४ बुधवार ११:३५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...