back

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

वि.सं.२०८२ असार ६ शुक्रवार

168 

shares
IME Limited
NTC AD

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा उनीहरुले समानुपातिक रुपमा बजेट विनियोजन नभएकोमा असहमति प्रकट गरे ।

छलफलमा भाग लिँदै सांसद दीपक गिरीले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै दाङको टरिगाउँ विमानस्थलको निर्माणका लागि रु एक करोड बजेट विनियोनजन गरिएकामा असहमति जनाए । उनले सरकारले रु तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भन्ने व्यवस्था गर्ने भनेर प्रचार गरिएको भएपनि विमानस्थलको जग्गा अधिग्रहणका लागि आवश्यकभन्दा कम बजेट विनियोजन गरेर सांसदहरुको भावनालाई सम्बोधन गर्न नसकेको बताए ।

सांसद मेनकाकुमारी पोखरेलले टरिगाउँ विमानस्थल निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले नै प्रतिबद्धता र विश्वास दिलाएको भएपनि न्यून बजेट विनियोजन भएको बताए ।

सांसद पूर्णबहादुर घर्ती मगरले विनियोजन जनपक्षीय र यर्थाथपरक नभएको टिप्पणी गरे । उनले सहकारी नियमनका लागि स्थानीय सरकारको सहभागितामा प्रभावकारी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसद अम्मरबहादुर थापाले बजेट जनपक्षीय र मुलुकको बृहत्तर हितका लागि नभएको धारणा राखे । सांसद रञ्जुकुमारी झाले सबै जिल्लालाई समान रुपमा बजेट विनियोजन गर्न माग गरे ।
रामप्रकाश चौधरीले मधेस प्रदेशप्रति सङ्घीय सरकारले यथार्थमा आधारित भएर बजेट विनियोजन गर्न नसकेको बताए । सर्लाहीको भौतिक पूर्वाधारका लागि चालु आवको बजेटमा समेत काम नभएको र आगामी आवमा समेत बजेट विनियोजन हुन नसकेको गुनासो गरे ।

सांसद प्रभु साहले सरकारले सञ्चालन गरेको उद्योग व्यवसाय र घाटामा रहँदा निजी व्यवसायी र उद्योेगीसँग कर लिन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे । सङ्घीय राजधानी जोड्ने राजमार्गहरु बन्दप्राय रहेको र नागरिक समस्यामा रहेको उल्लेख गर्दै उनले सत्ताधारी दलका नेताहरुको जिल्लामा मात्रै विनियोजन गरिएको र सडक निर्माण गरिएको बताए ।

सांसद रामकृष्ण यादवले मन्त्री र ठूला नेताहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर भेदभाव गरिएकामा सहमति जनाए । सांसद ईश्वरबहादुर रिजालले पर्यटन क्षेत्रको अपार सम्भावना रहेको दोलखामा आशातित बजेट विनियोजन हुन नसकेको बताए ।

वि.सं.२०८२ असार ६ शुक्रवार १४:४१ मा प्रकाशित

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

काठमाडौं । पहिरो र लेदोका कारण बिपी राजमार्गका तीन स्थानमा...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ...

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

तानसेन (पाल्पा)  । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे...