back

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

वि.सं.२०८२ असार ६ शुक्रवार

213 

shares
IME Limited
NTC AD

जेरुसेलम  । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको शुक्रबार बताएको छ । आक्रमणमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ समावेश छ ।

सेनाले एक विज्ञप्तिमा भनेको छ, “सेनाले तेहरानको मुटुमा शृृङ्खलाबद्ध आक्रमणहरू सम्पन्न गरेको छः सैन्य क्षेप्यास्त्र उत्पादन स्थलहरू र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो ।”

इजरायली सेनाका अनुसार एसपिएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियारहरूको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।

बिहीबार राति ६० वटाभन्दा बढी लडाकू विमानले दर्जनौँ सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ ।

“लक्ष्यहरू मध्ये मिसाइल कम्पोनेन्टहरू उत्पादन गर्ने साइटहरू र कास्टिङ मिसाइल इन्जिनहरूमा प्रयोग हुने कच्चा मालहरू निर्माण गर्ने सुविधाहरू थिए”, सेनाले भनेको छ ।

इरान आणविक हतियार विकास गर्ने सङ्घारमा रहेको दाबी गर्दै इजरायलले एक हप्ताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणपछि दुवैतर्फ बाट घातक आक्रमण सुरु भएका छन् ।

युद्धको कूटनीतिक समाधानमा पुग्ने आशामा युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्नो इरानी समकक्षसँग वार्ता गर्नेछन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहेका छन् ।९राससरएएफपी०

 

वि.सं.२०८२ असार ६ शुक्रवार १४:५५ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...