back
CTIZAN AD

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

वि.सं.२०८२ असार ६ शुक्रवार

753 

shares

काठमाडौँ । सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त विभिन्न पदको निर्वाचनको मिति तोक्नेगरी निर्वाचन आयोगसँग परामर्श गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुासर प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी छ । रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य दिपक मनाङे पदमुक्त भएका छन् ।

आगामी असार १६ गतेभित्र आयोगकाो मिति तोक्ने तयारी छ । त्यस्तै, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ । शुक्रवार सिंहदरबारमा आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

प्रधानमन्त्रीले उपनिर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार नेपाल सरकाले आवश्यक सहजीकरण गर्नेे उनको सचिवालयले जनाएको छ ।

वि.सं.२०८२ असार ६ शुक्रवार १५:०८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...