back
CTIZAN AD

बाटो विस्तारका क्रममा भएको झडपमा प्रहरीसहित १० जना घाइते

वि.सं.२०८२ असार ७ शनिवार

1.4K 

shares

मलङ्गवा (सर्लाही) । बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।

सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए ।

घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छभने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ ।

दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते हुनुभएको छ । घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा संलग्न भएको अभियोगमा सातजनालाई नियन्त्रणमा लिइएको छ ।

वि.सं.२०८२ असार ७ शनिवार १६:५९ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...