back
CTIZAN AD

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना

वि.सं.२०८२ असार ७ शनिवार

831 

shares

ब्रसेल्स । इजरायलले गाजामा गरेको क्रियाकलापहरूले मानव अधिकारको उल्लंघन गर्न सक्ने सम्भावना रहेको प्रतिवेदन सार्वजनिक भएको छ।

ब्रसेल्समा सञ्चार माध्यमहरूले शुक्रबार जनाएअनुसार, यसले युरोपेली संघसँगको व्यापार सम्झौताका मानव अधिकार सम्बन्धी प्रतिबद्धता उल्लंघन गर्न सक्ने देखिएको हो । यी जानकारीहरू युरोपेली संघको कूटनीतिक सेवा द्वारा गोप्य रुपमा तयार पारिएको समीक्षा प्रतिवेदनमा आधारित छन्।

प्रतिवेदनमा भनिएको छ, “ इजरायलले युरोपेली संघ इजरायल सम्बन्ध सम्झौताका धाराहरू पालन गरिरहेको छैन हुन सक्छ।” सो दस्तावेजले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अदालत र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट प्राप्त प्रमाणहरूलाई आधार बनाएको हो।

युरोपेली संघ र इजरायल बीचको सम्बन्धलाई उचित र सम्मानपूर्वक कायम राख्न मानव अधिकार र लोकतान्त्रिक मूल्यहरू सम्मान गर्न आवश्यक छ।

प्रतिवेदनमा भनिएको छ, “इजरायलले खाद्यान्न, औषधि, स्वास्थ्य उपकरण र अन्य आवश्यक सामग्रीहरूको आपूर्ति रोक्का राख्नाले सम्पूर्ण गाजाका नागरिकहरूलाई असर पु¥याएको छ।”

युरोपेली संघको विदेश नीति प्रमुखले गत महिनामा भने, “संघले इजरायलले सम्झौताका सर्तहरू पालना गरिरहेको छ कि छैन भनेर जाँच गर्नेछ।”

बुधबार युरोपेली संसदमा सम्बोधन गर्दा उनले भने, “इजरायललाई आत्मरक्षा अधिकार छ, तर व्यवहारमा देखिएका गतिविधिहरू आत्मरक्षा भन्दा बढी जटिलता दर्शाउँछन्।”

“इजरायलको कार्यशैलीले दशकौं पुराना मानवीय सिद्धान्तहरूलाई कमजोर बनाउँदै गएको छ।”(रासस/सिन्ह्वा)

वि.सं.२०८२ असार ७ शनिवार १७:०६ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...