back
CTIZAN AD

संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी

वि.सं.२०८२ असार ८ आइतवार

786 

shares

काठमाडौं । सांसदहरूले संसद्मा नीतिगतभन्दा प्राविधिक बहस बढी भएको भन्दै योजना निर्माणमा जनताको सहभागिता सुनिश्चित गरेर यस्ता बहसलाई कम गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत आज तोकिएका विषयमा भनाइ राख्दै सांसद लेखनाथ दाहालले योजना निर्माणमा जनताको सहभागिता सुनिश्चित नगर्दा धेरै बजेट छुट्याएको जिल्लामा पनि विकास नभएको बताए ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत १४ वटा राज्यका संरचना रहेको उल्लेख गर्दै उनले तीमध्ये धेरै सुशासनसँग सम्बन्धित निकाय भए पनि संस्थागत भ्रष्टाचारको नेतृत्व सरकार प्रमुखबाट हुने गरेको आरोप लगाए । भौतिक योजना मन्त्रालयमा नअटाएका विषय राख्न सहरी विकास मन्त्रालय स्थापना गरिएको पनि सांसद दाहालले बताए ।

सांसद प्रभु साहले प्रधानमन्त्री कार्यालयकै छलफलका दिन प्रधानमन्त्री संसद्मा उपस्थित नहुनुले भनाइ एउटा र काम अर्कै भएको बताए । प्रधानमन्त्रीले गरेको प्रतिबद्धतामा अडिग नभएको देखिएको उनले सुनाए ।

खुद्रे विकासले सहरी योजना पूरा नहुने सांसद साहको भनाइ थियो । भइरहेका खेलकुद मैदान पनि व्यवस्थित नभएको उनले उल्लेख गरे । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिए पनि सरकारमै त्यस अनुरूप प्रतिनिधित्व हुन नसकेको सांसद साहले बताए ।

सांसद अमनलाल मोदीले राष्ट्रिय खेलाडीलाई निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने माग गर्दै अर्थमन्त्री एउटा जिल्लाको मात्र नभइ समग्र देशलाई नै ध्यान दिनुपर्नेमा एउटै जिल्ला र अर्थमन्त्रीको जिल्लामा धेरै देखिएको बताए ।

सहरी विकासमार्फत् विनियोजन गरिएको बजेटले सर्वोच्च नेता गणेशमान सिंहको नामलाई नै बदनाम गर्न खोजेको उनको भनाइ थियो । बिराटनगरमा प्रत्येक वर्ष डुबान पर्ने गरे पनि सहरी विकास मन्त्रीको ध्यान नजाँदा बजेट नपरेको बताए ।

 

वि.सं.२०८२ असार ८ आइतवार १४:२१ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...