back
CTIZAN AD

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

वि.सं.२०८२ असार १० मंगलवार

1.6K 

shares

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताएका छन् ।

युवालय संस्थाको आयोजनामा आज ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रतिपक्षी दलको हैसियतले श्रमिकको मुद्दालाई संसद्मा उठाउने नैतिक जिम्मेवारी बहन गर्ने बताए ।

“संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढङ्गले अगाडि बढेको छैन, श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्नेछौँ”, उनले भने ।

प्रचण्डले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गराउन नसकिने धारणा राखे । “श्रमिककै कारणले म तीन पटकसम्म प्रधानमन्त्री हुन सफल भएँ, यो मुद्दालाई जोड दिएर राष्ट्रिय रुपमा पहल गर्न प्रयत्न गर्नुभएकामा धन्यवाद भन्न चाहन्छु, घरेलु श्रमिकलाई पनि वैधानिक व्यवस्थामार्फत कानुन निर्माण गरेर सम्मानित जीवन बिताउने वातावरण तयार गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु,” उनले भने ।

वि.सं.२०८२ असार १० मंगलवार १३:१८ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...