back
CTIZAN AD

ग्लोबल आइएमई बैंक लुट्ने व्यक्ति पक्राउ

वि.सं.२०८२ असार १३ शुक्रवार

870 

shares

काठमाडौँ । ग्लोबल आइएमई बैंकको रकम लुट्ने व्यक्ति पक्राउ परेका छन् । गत फागुन १० गते बैंकको मिर्चैया शाखाबाट रकम झिकेर कल्याणपुरको आइएमई मनि ट्रान्सफरका लागि लैजाँदै गर्दा भएको लुटपाटमा संलग्न उदयपुरको त्रियुगा नगरपलिका– १२ का ३० वर्षीय सुजेन्द्र लोहनी पक्राउ परेका हुन् ।

उनलाई सिरहा नगरपालिका–७, खैरटोकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका लोहनीसहित चार जनाको समूहले बैंकको मिर्चैयास्थित शाखारहित सेवा (ब्रान्चलेस बैंकिंङ) मा जम्मा भएको रकम कल्याणपुरस्थित मनिट्रान्सफर लैजाँदै गरेको अवस्थामा कर्मचारीको साथबाट पेस्तोल देखाएर ९ लाख रुपैयाँ लुटेका थिए ।

सो बेला रकम लुटेर फरार भएका उनीहरुको खोजी गरिरहेको प्रहरीले अन्ततः घटनामा संलग्न लोहनीलाई पक्राउ गरेको छ । उनीविरुद्ध थप अनुसन्धान र कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ असार १३ शुक्रवार १४:२० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...