back
CTIZAN AD

विद्युतीय चुरोट भेपमा सरकारले प्रतिवन्ध लगाउन नपाउने

वि.सं.२०८२ असार १३ शुक्रवार

1.1K 

shares

काठमाडौं । विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले रोकतोक गर्न नपाउने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिवन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको हो ।

अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको मुद्दामा उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा विक्री गर्न बाटो खुला गरिदिएको हो ।

अदालतले कुनै अवरोध नगर्न सरकारलाई भनेको छ । विद्युतीय चुरोट वा भेप प्रतिवन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रतिवन्ध लगाउदै संवद्ध निकायहरूलाई परिपत्र समेत गरेको थियो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सो को पालना गराउन पत्राचार गरिएको केन्द्रले बताउँदै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई परिपत्र गरिएको केन्द्रले गरेपनि उच्च अदालतको हालैको आदेशले त्यसरी नरोक्न सरकारलाई भनेको हो ।

पछिल्लो समय भेपप्रतिको लत बढेर गएको देखिन्छ र नेपालमा पनि चीनसँग जोडिएको रसुवा र तातोपानीबाट आयात हुने गरेको छ । भेपबाट गत आर्थिक वर्षमा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको थियो ।

वि.सं.२०८२ असार १३ शुक्रवार १५:२७ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...