back
CTIZAN AD

निजामति सेवा विधेयकमा गम्भीर षड्यन्त्र भएको प्रचण्डको ठहर

वि.सं.२०८२ असार १७ मंगलवार

705 

shares

काठमाडौँ । नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने प्रक्रियामा गम्भीर अनियमितता र षड्यन्त्र भएको दाबी गरेका छन् । मङ्गलवार पेरिसडाँडामा योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले विधेयकमा अनधिकृत हस्तक्षेप र छेडखानी भएको भन्दै त्यस्ता प्रवृत्तिलाई कुनै पनि हालतमा छुट नदिने बताए ।

उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । ‘परिवर्तनका उपलब्धिहरूलाई उल्टाउने प्रयास निरन्तर भइरहेको छ । संघीय निजामति सेवा विधेयकमा समेत गम्भीर षड्यन्त्र भएको तथ्य स्पष्ट छ,’ उनले भने, ‘यो विधेयकमा कसले र कसरी अनियमितता ग¥यो, त्यसको गहन छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न हामी प्रतिबद्ध छौं ।’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि कर्मचारीका लागि अवकाशपछि दुई वर्षको ‘कुलिङ पिरियड’ सहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो । तर, पारित हुने क्रममा ‘बाहेक’ शब्द थपिएको पाइएपछि व्यापक विवाद र आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डले संविधान र जनताको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई कमजोर पार्ने प्रयास विगतमा पनि भएको र हाल फेरि त्यस्तो खतरा देखिएको बताए ।

‘यथास्थितिवादी र प्रतिगमनकारी प्रवृत्तिहरूले परिवर्तनलाई उल्टाउने कोसिस गरिरहेका छन् । हामीले विगतमा यस्ता प्रयासको प्रतिवाद गरेका थियौँ, र अहिले पनि त्यस्ता प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनेछौँ,’ उनले भने । सो अवसरमा उनले वाइसिएललाई पार्टीको विचार, नीति र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अगाडि बढ्न निर्देशन दिए ।

वि.सं.२०८२ असार १७ मंगलवार १५:४९ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...