back
CTIZAN AD

माग सम्बोधन नभए कडा आन्दोलनमा जाने राहत शिक्षकहरूको चेतावनी

वि.सं.२०८२ असार १७ मंगलवार

432 

shares

काठमाडौं । राहत शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा प्रस्तावित प्रावधानप्रति कडा आपत्ति जनाएका छन् । अस्थायी, राहत र करार शिक्षकहरूलाई स्थायी गर्ने सम्बन्धमा विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ ।

तर, नेपाल राहत शिक्षक केन्द्रीय समितिले यो व्यवस्था कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएको छ । समितिका अध्यक्ष नविनसिंह धामी र महासचिव डम्मर राईद्वारा जारी विज्ञप्तिमा राहत शिक्षकहरूले शिक्षण पेसामा २० वर्ष बिताउँदा पनि सरकारले उनीहरूको मागलाई बेवास्ता गरेको उल्लेख छ । सरकारले पटक–पटक छलफल गरी मापदण्ड र प्रक्रियामार्फत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि राहत शिक्षकहरूको अवस्था उस्तै रहेको समितिको गुनासो छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राहत शिक्षकहरूको योगदानलाई अवमूल्यन गर्दै ६०\४० को प्रस्ताव ल्याइनु अन्यायपूर्ण छ । हामी यो कुनै पनि हालतमा मान्दैनौँ ।’ समितिले अब अन्तिम चरणको सङ्घर्षको तयारी थालेको जनाएको छ । यसै गरी, नेपाल शिक्षक महासङ्घलाई अपिल गर्दै राहत शिक्षकहरूको मुद्दालाई गम्भीरतापूर्वक उठाउन समितिले आग्रह गरेको छ । समितिले सरकारलाई तत्काल वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न आह्वान गरेको छ, अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

 

वि.सं.२०८२ असार १७ मंगलवार १९:३० मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...