back
CTIZAN AD

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

वि.सं.२०८२ असार १९ बिहीवार

543 

shares

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको छ । गएराति सो कारखानाको कच्चा पदार्थ पगाल्ने ३० टनको भट्टीमा भएको आमस्मिक आगलागी भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जगदम्बा स्टिल्स वरपर मानव वस्ती र सोही उद्योगमा कार्यरत मजदूरको सुरक्षाको लागि पनि आवश्यक सुरक्षाका मापदण्ड कडाईपूर्वक पालना गर्नका लागि उद्योगलाई निर्देशन दिएको बताए ।

“सो दुर्घटना भएको थाहा पाउने बित्तिकै स्थलगत अनुगमन गरेका थियौँ,” उनले भने, “उद्योग वरपर मानव वस्ती र उद्योगमा कार्यरत मजदुरको पनि सुरक्षाको विषयमा गम्भिर चासो राखेका छौँ । अगामीका दिनमा पनि यस्ता खालका दुर्घटना नहोस भन्नका लागि सुरक्षा मापदण्ड पालना गर्नका लागि अनुरोध गर्दछु ।”

प्रजिअ अधिकारीले दुर्घटना भएको उद्योगले मात्रै नभएर अन्य उद्योग कलकारखानाले पनि सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गर्नुपर्ने बताए ।

जगदम्बा स्टिल्स लिमिटेडले विहीबार प्रेस विज्ञप्ती जारी गरेर बुधबार राति ९ः१५ बजेका समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ स्थित उद्योगको हाताभित्र रहेको सिसिएम प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टी चलिरहेको अवस्थामा अकस्मात आगजनी भएर पड्किन गएको जनाएको छ । कम्पनीका अनुसार सो घटनामा परेर भारत विहार राज्य समस्तिपुर स्थायी घर भई कारखानामा कार्यरत अजय बैठा घाइते भएको थिए ।

घाइते बैठाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । कम्पनीले एक जना घाइते हुनुबाहेक अन्य कुनै पनि मानवीय क्षति नभएको दावी गरेको छ । “उद्योगमा भने ठूलो मात्रामा भौतिक क्षति भएको छ,” कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, “उक्त घटना के कसरी हुन गयो भन्ने बारेमा सम्बन्धित पक्ष र यस प्रतिष्ठानबाट अनुसन्धान भइरहेको अवगत गराउन चाहान्छौँ ।”

कम्पनीले विभिन्न खालका सामाजिक सञ्जालमा विभिन्न खालका अफ्वाह फैलाइएकोमा भने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रजिअ अधिकारीले सो घटनाको विषयमा इलाका प्रहरी कार्यालय सिमराले आवश्यक अनुसन्धानसमेत गरिरहेको जानकारी दिए । “इलाका प्रहरी कार्यालयले सो घटनाको सम्बन्धमा आवश्यक छानविन गरिरहेको छ,” उनले भने, “सो को प्रतिवेदनसँगै आवश्यक कदम चाल्नेछौँ ।”

वि.सं.२०८२ असार १९ बिहीवार १७:०२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...