back

आज असार २० गते : कुन राशिलाई कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ असार २० शुक्रवार

582 

shares
IME Limited
NTC AD

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ। दिन रमाइलो रहनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। साहसी काम गरेर लाभ लिन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नाले मनग्य धनलाभ हुनेछ। रोकिएको काम बन्न थाल्नेछन्। प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। रोकिएको कामले गति लिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। आफन्तको भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयोगी चयन गर्न राम्ररी सोचविचार गर्नुहोला। नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम थाल्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिले समेत साथ दिनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने समय छ। आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। राम्रो उपलब्धि हातलागी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्वमा पुग्न सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा उठाउने समय छ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत परे पनि कामको जग बसाउने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतस् पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशाले भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

२०८२ असार २० गते, शुक्रवार (४ जुलाई २०२५)
उपप्रा: लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३ मा प्रकाशित

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार...

आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः शरत् सिंह भण्डारी

आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः शरत् सिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत् सिंह भण्डारी...

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर...

आज विश्व जनसङ्ख्या दिवस

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...