back

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

वि.सं.२०८२ असार २० शुक्रवार

369 

shares
IME Limited
NTC AD

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ ।

बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

नियमित पानी परिरहेकाले समस्या भइरहेको उहाँले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए ।

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४३ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...