
पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न निर्वाचनमा अत्यधिक मतका साथ विजयी भएका छन् ।
बुटवल उपमहानगरस्थित कान्ति मावि बुटवलको व्यवस्थापन समिति सदस्यका उम्मेदवार रामकृष्ण शर्माले खुलातर्फ अत्याधिक मतका साथ बिजयी हासिल गरेका हुन् ।
राजनैतिक हस्तक्षेपमुक्त विद्यालय, गुणस्तरीय र समान तथा सीपमुखी र रोजगारमुखी शिक्षामा प्रतिबद्धता जनाएका उनले ५१४ मत ल्याएका छन् । उनीसँगै सो निर्वाचनबाट मित्र गिरी, कमला पन्थी र संगीता पोखरेल निर्वाचित भएका छन् ।
पर्वत समाज रुपन्देही लगायतका सामाजिक संस्थामा नेतृत्व दिंदै आएका रामकृष्णको पक्षमा माहौल बनाउन सबै पर्वतेलीहरुको प्रयास रहेको बौद्धिक नेता लोक शर्मा बस्यालले बताएका छन ।
कान्ती माबि देशकै चर्चित नमुना विद्यालय हो । रामकृष्ण निर्वाचित भएलगतै सबै बिचारका पर्वतेलीहरु तथा बिप्लव नेतृत्वको नेकपाले बिशेष प्रचार गरेको छ ।
वि.सं.२०८२ असार २२ आइतवार ११:०३ मा प्रकाशित