back
CTIZAN AD

माइत आएकी श्रीमती घर फर्किन नमानेपछि सबैको हत्या

वि.सं.२०८२ असार २२ आइतवार

1.2K 

shares

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका २ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । गएराति भोजपुर नगरपालिका–२ हेलाउँछ का ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेका हुन् ।

राजेन्द्रले आफ्नै करिब १५ वर्षीया श्रीमती मनिषा, १० वर्षीय सालो सपन, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन् । प्रहरीका अनुसार सबैको हत्या गरेपछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएका थिए । त्यसपछि प्रहरी विहान करिब ३ बजे गाउँमा पुगेको थियो ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या गरेको राजेन्द्रले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षीया किशोरीलाई भगाएर विवाह गरेका थिए । तर, उनी माइती आएर बसेकी थिइन् ।

केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली पुगेका थिए । तर, किशोरी आफूसँग जान नमानेपछि आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सबैको हत्यापछि राईले आफैँमाथि पनि खुकुरी प्रहार गरेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ असार २२ आइतवार १२:५७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...