काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक १५.५ प्रतिशतले रेमिट्यान्स बढेको छ ।
यो अवधिमा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु. १५ खर्ब३२ अर्ब ९३ करोड पुगेको हो ।
यस्तो आय अघिल्लो वर्षको सोही अवधिमा १७.२ प्रतिशतले बढेको थियो । चालु आवको जेठ महिनामा मात्र १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रिएको छ । गतवार्ष सोहि अवधिमा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
यो पनि पढ्नुहोस्
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब
वि.सं.२०८२ असार २४ मंगलवार १५:३३ मा प्रकाशित






























