back
CTIZAN AD

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

वि.सं.२०८२ असार २५ बुधवार

1.2K 

shares

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लोमा मंगलबार एक कार्यक्रमका बिच अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले डिलाराम चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति अन्तर्गत उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा। सञ्जय अर्याल चयन भएका छन् ।

यसैगरी, अधिवेशनले कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसीलाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशिय प्रदेशका संयोजक उदयराज गौतमले गैरआवासिय नेपालीहरूको मुद्दाका विषयमा सबै प्रवासी नेपालीहरू एकतावद्व भएर अघि बढ्नुपर्ने बताए ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष विष्णु गौतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चतता हुनुुपर्ने बताए ।

जनप्रगतिशिल मञ्च युरोपका पूर्व अध्यक्ष डा। कृष्ण अर्यालले देशका तमाम विकृति विसंगति तथा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय महासचिव, महासंघ युरोप शाखाका पूर्व अध्यक्ष प्रेम परियार, जनसम्पर्क समिति नर्वेका सभापति, प्रवासी नेपाली मञ्च नर्वे, नेपाली पोर्चुगिज समाज, नेपाली विद्यार्थी समाज, ओस्लोका अध्यक्ष तथा प्रतिनिधि लगायतले आफ्नो धारणा राखेका थिए ।

वि.सं.२०८२ असार २५ बुधवार १३:१६ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...