back
CTIZAN AD

सत्तरी केजी चरेस बोकेर आएका ट्रकका चालक र सहचालक पक्राउ

वि.सं.२०७४ जेठ २४ बुधवार

921 

shares

२४ जेठ, दार्खा, धादिङ । गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ ।

सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल।पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिणामको चरेस बरामद गरेको हो ।

उक्त ट्रकका चालक छिमेकी जिल्ला मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने ३२ वर्षीय कृष्णबहादुर राई र सोही स्थान बस्ने सहचालक १८ वर्षीय आयुष लामालाई पक्राउ गरिएको छ । पोका पारेर टेपले बाँधेर बेवारिस अवस्थामै ट्रकको पछाडि बोरामा राखेर त्रिपालले छोपेको अवस्थामा चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

प्रहरीले लागुऔषध चरेस, ओसारपसारमा प्रयोग गरेको ना ६ ख १३७ नंको ट्रक र ओसार पसारमा संलग्न कृष्णबहादुर राई र आयुष लामालाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरी जिल्ला प्रहरीमार्फत थप अनुसन्धान कार्य भइरहेको छ ।

चालक कृष्णकुमार यसअघि नै लागूऔषध ओसारपसार गरेबापत दुई वर्ष कैद भोगी गत महिना मात्रै रिहाइ भएका थिए ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०३:०१ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...