back
CTIZAN AD

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

वि.सं.२०७४ जेठ २४ बुधवार

939 

shares

२४ जेठ, तनहुँ। अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् ।

व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई÷तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताउनुभयो ।

साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६÷७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आउनुभएको बताइएको छ । श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बिमा गराएको र सोही बिमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा छैन भन्नुभयो ।

त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४०० कुखुरा पटकपटक गरी मरेर सकिएको बताउनुभयो । उक्त कुखरा मर्दा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिनुभयो ।

बिमा कम्पनीले ब्वायलर जातको कुखुरा व्यवसायमा बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०२:५४ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...