back
CTIZAN AD

साझा मञ्चको सरकारलाई चेतावनी, सात दिन भित्र माग पुरा नभए आन्दोलन गर्ने

वि.सं.२०७४ जेठ २३ मंगलवार

1.1K 

shares

nepali-sajha-manch
नेपाली साझा मञ्च केन्द्रीय कार्यसमिति नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिले वैदेशिक रोजगारका क्रममा पीडित भएका नेपालीहरुका हीतमा आफूहरुले बुझाएका ज्ञापन पत्रको ७ दिनभित्र सम्बोधन नभए संघर्ष गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष शारदा भुषाल झा र महासचिव डामुक हाङ मेन्याङ्वोद्वारा हस्ताक्षर गरिएको जारी विज्ञप्तीमा आफूहरु खाडी मुलुकमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीका समस्या बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिएको भए पनि भेट्ने प्रयास सफल नभएपछि हुलाक मार्फत मञ्चले १९ बुँदे ज्ञापनपत्र पठाएको जानकारी गराइएको छ । विज्ञप्तीमा ज्ञापनपत्रमा उल्लेख बुँदाहरुका बारेमा ७ दिन भित्र सम्बोधन भएर संघर्ष गर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तीमा भनिएको छ “वैदेशिक रोजगारमा देखिएका समस्या समाधानका सवालमा नेपाल सरकारले नीति र कार्यक्रम बनाउने तर कार्यान्वयनमा उदासिनता र सहि समयमा सहि निर्णय नगर्ने प्रवृत्तिले पीडित भएर आजसम्म हजारौ नेपाली नागरिकहरुले नारकीय जीवन भोग्न बाध्य भएका छन् । मेनपावर व्यवसायका नाममा मानवतस्करहरुले नेपाली नागरिकहरुलाई विशेष गरेर खाडी मुलुकमा विचल्ली पार्ने, श्रमस्वीकृति लिएर गएका नागरिकहरुको उद्धार गर्न पनि नेपाल सरकारले उदासिनता देखाउने र मर्नका लागि नेपाली राजदुतावासहरुले समेत बाहिर लखेट्ने अत्यन्तै दुखदायी व्यवहार समेत भोग्दै आएका छन् । महिलाहरुलाई कम्पनीको काम र फरक भिसा अनि फरक देशको श्रम स्वीकृति लिएर खाडी मुलुकमा घरेलु कामदारका रुपमा दासी बनाएर दुःख दिएका सप्रमाण घटनाहरु सार्वजनिक हुँदा पनि सरकार त्यस्ता मेनपावर व्यवसायीहरुलाई र कार्वाही र पीडितहरुको उद्धारमा उदासिन रहेको छ । खाडी मुलुकमा नेपाली पुरुषहरुलाई फरक सम्झौता, काम र तलब नदिई शोषण उत्पीडन गर्दा पीडितहरुले हारगुहार माग्दा पनि नेपाली नागरिकहरुले विवश र टुहुरोको पीडा भोग्नु परिरहेको छ । यस अवस्थामा खाडी मुलुक साउदी अरबले गैरकानुनीरुपमा रहेकाहरुलाई आममाफी दिएर आफ्नो मुलुक फर्किने अवसर प्रदान गरिरहेका सन्दर्भमा हामीले हाम्रा पीडित नेपाली चेली र दाजुभाइहरुलाई नारकीय जीवनबाट मुक्त गराएर नेपाल ल्याउने सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउन पटकपटक प्रयास गरिरहेका छौ । यसक्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउन अनेक प्रयास गर्यौ तर हामी सफल हुन सकेनौ र अन्ततः १९ बुंदे माग सहितको ज्ञापन पत्र आज हुलाकबाट पठाएका छौ । वैदेशिक रोजगारका क्रममा पीडित भएका नेपाली दाजुभाइ र दिदीबहिनीहरुको हीतका निम्ति हामीले बुझाएका ज्ञापन पत्र ७ दिनभित्र सम्बोधन गर्न माग गर्दै सम्बोधन नगरिए संघर्ष गर्ने समेत जानकारी गराएका छौ । हामीले ज्ञापन पत्र राष्ट्रपति, पराष्ट्रपति,प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालयका सचिव, कन्सुलर सेवा विभाग, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रालयका सचिव, वैदेशिक रोजगार विभाग, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला निकायमा पठाएका छौ । हाम्रो संघर्षमा साथ दिन र सहयोग गर्न वैदेशिक रोजगारका क्रममा पीडित भएका र उनीहरुका आफन्त एवं सम्पूर्ण देश विदेशमा रहनु भएका नेपालीहरु, मानवाधिकारवादी र पत्रकारहरुसंग अपिल पनि गर्दछौ ।”

वि.सं.२०७४ जेठ २३ मंगलवार १६:३३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...